९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयको सयौं बिघा जग्गा अतिक्रमण, संरक्षण र उपयोगमा कमजोरी



अ+ अ-

काठमाडाैँ।  त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरूको ठूलो परिमाणको जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालय को त्रिसठ्ठीऔँ वार्षिक प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको सम्पत्ति संरक्षण र अभिलेखीकरणमा गम्भीर कमजोरी देखिएको हो।

प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३२ हजार वर्गमिटर, भोगाधिकारमा ९ लाख ९९ हजार वर्गमिटर तथा अन्य ६ लाख ५३ हजार वर्गमिटर गरी कुल १ करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा रहेको छ। तीमध्ये ६ लाख ५३ हजार वर्गमिटर जग्गा अतिक्रमणमा परेको उल्लेख छ।

यस्तै, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसकाे ३८० बिघा जग्गामध्ये ३०० बिघा अतिक्रमणमा परेको प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका का विभिन्न वडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त १ हजार ३७२ रोपनी १३ आना ३ पैसा जग्गामध्ये ६२५ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको विवरण प्रतिवेदनमा समेटिएको छ।

महालेखा परीक्षकको कार्यालयले विश्वविद्यालयहरूले आफ्नो सम्पत्तिको केन्द्रीय लगत व्यवस्थित राख्न, सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गा फिर्ता ल्याउन तथा संरक्षण सुनिश्चित गर्न सुझाव दिएको छ। साथै ती जग्गालाई आयमूलक तथा उत्पादनमुखी कार्यमा उपयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।