२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। थाइल्याण्डको राजधानी बैंककमा शनिवार दिउँसो रेल र बस एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा उक्त दुर्घटना भएको हो । शनिवार दिउँसो करिव ३ः४० बजे भएको यस दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो ।

दुर्घटनामा अन्य केही कार र मोटरसाइकलहरू समेत परेका छन् । उद्धारकर्मीहरूले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिनुका साथै उद्धार कार्य सञ्चालन गरेका थिए । यस घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

थाइल्याण्डका उप–यातायात मन्त्री सिरिपोङ आङ्कासाकुलकियातकाअनुसार ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो । जसले गर्दा सुरक्षा ब्यारियर तल झर्न पाएको थिएन ।

सोही समयमा आएको मालबाहक रेल अत्यधिक वजनका कारण समयमै रोक्न नसक्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल