३१ श्रावण २०८३, आईतवार
,
Latest
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएसआईएसका दोस्रो मुख्य नेता अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वक्तव्य जारी गर्दै ट्रम्पले अमेरिकी र नाइजेरियाली सुरक्षा बलको संयुक्त कारबाहीमा अल–मिनुकी मारिएको दाबी गर्नुभएको हो ।

ट्रम्पकाअनुसार अल–मिनुकीले अफ्रिकामा लुक्न सकिने ठाने तापनि अमेरिकी गुप्तचर निकायहरूले उनको गतिविधिका बारेमा निरन्तर जानकारी प्राप्त गरिरहेका थिए । उहाँले अल–मिनुकीको अन्त्यसँगै आईएसआईएसको विश्वव्यापी सञ्जाल र परिचालन क्षमतामा ठूलो धक्का पुगेको समेत उल्लेख गर्नुभयो ।

यस सफल सैन्य कारबाहीका लागि राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारको साझेदारी र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । यद्यपि, यस कारबाहीको आधिकारिक पुष्टि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा नाइजेरियाली सरकारले गर्न बाँकी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल