२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान शान्ति वार्ता पहल जारी : पाकिस्तानी मन्त्री तेहरानमा



अ+ अ-

तेहरान। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिकमामिला मन्त्री शनिबार तेहरान आइपुग्नुभएको छ।

“पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान आइपुग्नुभएको छ इरानी तस्निम न्यूज एजेन्सीले लेखेको छ”, पाकिस्तानले क्षेत्रीय शान्ति प्रबद्र्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा उहाँ शनिबार इरान आइपुग्नुभएको छ।”

पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नाक्वीलाई स्वागत गर्नुभएको छ।

इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय रूपमा मध्यस्थता गरिरहेको छ । पाकिस्तानले गत महिना दुबै पक्षका प्रतिनिधिहरूबीच उच्चस्तरीय बैठक आयोजना गरेको थियो।

गत अप्रिल ८ देखि सुरु भएको युद्धविरामले फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धविरामलाई रोकेको छ ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनबाट तेहरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वार्ताका लागि इच्छुक रहेको सन्देश प्राप्त भएको बताउनुभएको छ।

इरानका प्रमुख वार्ताकार तथा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले मङ्गलबार भन्नुभएको छ, “वासिङ्टनले तेहरानको शान्तिका लागि गरेको प्रस्तावलाई स्वीकार गर्नुपर्ने नत्र शान्तिवार्ता भङ्ग हुनेछ।”

उहाँले भन्नुभयो, हामीले ‘१४ बुँदे प्रस्तावमा उल्लेख गरिएअनुसार इरानी जनताको अधिकार स्वीकार गर्नुको विकल्प छैन । कुनै पनि अन्य दृष्टिकोण पूर्ण रूपमा अस्वीकार्य हुनेछ,” गालिबाफले सामाजिक सञ्जालमा गरेको पोस्टमा भन्नुभएको छ। (रासस/एएफपी)