२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी किनारमा शहरको मुस्कान (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौंका नदी किनारहरू अहिले शहरको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेका छन् ।

विशेषगरी शंखमूल क्षेत्रको वागमती किनारमा निर्माण गरिएको ‘शंखमूल योग पार्क’ र वरिपरिका हरियाली क्षेत्रले उपत्यकावासीलाई नयाँ जीवन दिएको महशुस गराउँछ ।

हरियाली चौर, बगेको वागमती, र व्यवस्थित पैदलमार्गहरूले गर्दा यी क्षेत्रहरू अहिले बिहानी र साँझको हिँडडुल (मर्निङ वाक), योग अभ्यास र पारिवारिक पिकनिकका लागि पहिलो रोजाइ बन्न थालेका छन् ।

पार्कहरूमा बालबालिकाका लागि आधुनिक खेलौनाहरू, चिप्लेटी (स्लाइड) राखिएको छ । जहाँ उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढा राखेर खुला वातावरणमा रमाउन सहयोग पुग्छ ।

त्यस्तै, युवा पुस्ता र स्वास्थ्य सचेत नागरिकहरूका लागि खुला व्यायामशालाको व्यवस्था गरिएको छ । जसले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिएको छ ।

शंखमूल क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सत्तलहरूले यहाँ आउनेहरूलाई मानसिक शान्ति प्रदान गर्दछन् । हरियो दुबोमा बसेर गरिने योग र ध्यानले शहरको कोलाहलबाट केही समय भएपनि मुक्ति दिने स्थानीय बताउँछन् ।

काठमाडौंका यी रिभरसाइड पार्कहरूले शहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ ।

नदी किनारलाई व्यवस्थित बनाउने यो अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल