१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयवासीको गुनासो छ । अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि अनुरोध गरेको जानकारी दिँदै सङ्घका अध्यक्ष नन्दलाल वैश्यले फुटपाथ तथा सडक अतिक्रमणमा आफूले सहयोग गर्ने उल्लेख गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकालाई सूचना जारी गरिसकिएकाले अब सडक तथा फुटपाथमा राखिएका ठेला तथा पसलहरु जफत गरिने बताउनुभयो ।

“हामीले धेरै पटकसम्म सडक अतिक्रमण गरी पसल तथा ठेला नलगाउन अनुरोध गर्दै आउँदासमेत अटेरी गरेको हुँदा अब जफत भएका कुनै पनि सामान फिर्ता हुनेछैन”, उहाँले भन्नुभयो, “अतिक्रमणले फुटपाथमा हिँड्ने पैदलयात्रीलाई असुविधा भएकाले यस्तो अभियान चाल्न बाध्य भएका हौँ ।” गत वर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो ।

फुटपाथ अतिक्रमण गरेर व्यापार गर्दै आएका बिपीचोक र पुष्पलालचोक क्षेत्रका व्यापारीले उपमहानगरपालिकाको उक्त कदमको विरोध गरेपछि व्यापारीको विरोधपश्चात उपमहानगरपालिका हच्किएको थियो । फुटपाथ खाली गर्न सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो । चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीका नायब निरीक्षक भीमराज वलीले बताउनुभयो ।