९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चार क्षेत्रबाट रोयल्टी र फ्रिक्वेन्सी दस्तुर गरी १ अर्बभन्दा बढी बक्यौता, असुली गर्न महालेखाको निर्देशन



अ+ अ-

काठमाडाैँ । महालेखा परीक्षकको कार्यालयले दूरसञ्चार क्षेत्रसँग सम्बन्धित राजस्व र दस्तुर असुलीमा ठूलो रकम बाँकी रहेको देखिएको जनाएको छ। ६३औँ वार्षिक प्रतिवेदनमा दूरसञ्चार नियमावली, २०५४ अनुसार सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा फ्रिक्वेन्सी दस्तुर समयमै दाखिला नभएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार दूरसञ्चार सेवा प्रदान गर्न अनुमति प्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको ४ प्रतिशत बराबरको रकम प्रत्येक वर्ष रोयल्टीका रूपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त विवरणअनुसार ४५ दूरसञ्चार सेवा प्रदायकले आर्थिक वर्ष २०८०/८१ मा पेस गरेको वित्तीय विवरणका आधारमा कुल आय रु. ८ अर्ब ८४ करोड २१ लाख रहेको देखिन्छ।

उक्त आयको ४ प्रतिशतका आधारमा रु. ३५ करोड ३६ लाख ८४ हजार रोयल्टी बुझाउनुपर्ने भए पनि सो रकम हालसम्म दाखिला नभएको प्रतिवेदनमा उल्लेख छ। साथै, जरिवाना समेत नबुझाएको भन्दै सम्बन्धित निकायबाट उक्त रकम असुल गर्नुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ अनुसार रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। तर, यस वर्ष एक सेवा प्रदायकले फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत रु. ७३ करोड ४४ लाख दाखिला नगरेको पाइएको छ। सो रकममा थप दस्तुरसमेत यकिन गरी असुल गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ।

महालेखा परीक्षकको कार्यालयले राजस्व असुली प्रक्रियालाई प्रभावकारी बनाउन र बक्यौता रकम तत्काल संकलन गर्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न सुझाव दिएको छ।