६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजस्व छुटबाट ठूलो मात्रामा राजस्व गुम्याेः महालेखा प्रतिवेदन

राजस्व छुटबाट ठूलो मात्रामा राजस्व गुम्याेः महालेखा प्रतिवेदन
अ+ अ-

काठमाडौँ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले आर्थिक ऐन, २०८१ को प्रावधान प्रयोग गरी सरकारले दिएको विभिन्न कर तथा भन्सार महसुल छुटका कारण ठूलो परिमाणमा राजस्व गुमेको देखाएको छ।

प्रतिवेदनअनुसार आर्थिक ऐन, २०८१ को दफा १८ ले प्रचलित कानुनबमोजिम लगाइने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा पूर्ण/आंशिक रूपमा छुट दिन सक्ने व्यवस्था गरेको छ। सोही आधारमा भन्सार महसुल ऐन, २०८१ का अनुसूची ४, ५ र ६ अनुसार पैठारी महसुलमा छुट दिइँदा मात्र भन्सार राजस्वतर्फ रु. ८५ अर्ब २३ करोड १६ लाख छुट भएको उल्लेख छ। गत वर्ष यस्तो छुट रु. ७९ अर्ब ८७ करोड ३९ लाख थियो।

त्यसैगरी आर्थिक ऐनअन्तर्गत आन्तरिक राजस्वतर्फ दिइएको छुटको अभिलेख अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले व्यवस्थित रूपमा नराखेको प्रतिवेदनले औँल्याएको छ।

अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार साफ्टा सुविधा अन्तर्गत मालवस्तु पैठारीमा भन्सार महसुलतर्फ रु. ५ अर्ब ७१ करोड ३ लाख छुट दिइएको छ। त्यस्तै, आर्थिक ऐनको दफा १८(१) बमोजिम मन्त्रिपरिषद्को निर्णयमार्फत भन्सार महसुल ऐन तथा अन्तःशुल्क ऐन संशोधन गरी दिइएको छुटबाट यो वर्ष थप रु. ४९ करोड ६३ लाख राजस्व छुट भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी सरकारी निकाय, समिति, बोर्ड तथा वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको सन्दर्भमा दफा १८(२) र १८(३) अनुसार विभिन्न आयोजना तथा निर्माण व्यवसायीलाई रु. ६ अर्ब १२ करोड ७६ लाख बराबरको महसुल छुट दिइएको देखिएको छ।

प्रतिवेदनले सार्वजनिक निर्माणको लागत अनुमान तयार गर्दा कर छुटको प्रभाव स्पष्ट रूपमा समावेश नगरी खरिद सम्झौता भएपछि मास्टर लिस्टमार्फत छुट लिने प्रवृत्ति बढ्दा यसको प्रत्यक्ष लाभ आयोजना भन्दा निर्माण व्यवसायीले लिइरहेको जनाएको छ। साथै, त्यस्तो छुट रकम लागतमा समायोजन गर्ने अभ्यास कमजोर रहेको पनि औँल्याइएको छ।

भन्सार महसुल ऐन, २०८१ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार सरकारी निकायको सिफारिसमा कर छुट दिने व्यवस्था भए पनि सिफारिस गर्ने निकायहरूले वस्तु तथा सेवाको यकिन नगरी सामान्य निवेदनकै आधारमा सिफारिस गर्ने र भन्सार प्रशासनले पनि पर्याप्त विश्लेषण नगरी छुट दिने गरेको कारण राजस्व परिचालनमा असर परेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले कर तथा भन्सार छुटको अनुगमन, पारदर्शिता र अभिलेखीकरण प्रणाली कमजोर हुँदा राज्यको राजस्व संकलनमा दीर्घकालीन असर परेको निष्कर्ष निकालेको छ।