३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु



अ+ अ-

काठमाडाैँ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ । बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका-६ भिरकाटे र वडा नं ७ मा पर्ने महभिरको पहाडमा सडक फराकिलो पार्न रु सात करोड बढी लागतको आयोजना सुरु गरेको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाडमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक फराकिलो पार्न ‘ड्रिलिङ’ गर्न थालेको जानकारी दिनुभयो । “डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कडा चट्टानी पहाड भएको महभिर र भिरकाटे क्षेत्रमा सडक फराकिलो पार्न बिस्फोटक पदार्थको सहायता लिनुपरेको हो”, उहाँले भन्नुभयो, “हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको यस क्षेत्रको सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ ।” आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित रु सात करोड सात लाख ७४ हजारमा कालीमाता-थापाकाजी-रसुवा जेभीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

“विसं २०६४ मा नेपाली सेनाले मार्ग खोलेको महभिर र भिरकाटे खण्डको करिब ७०० दूरीको करिब पाँचदेखि छ मिटर फराकिलो सडकमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन सक्दैनन् । मालवाहक र यात्रुवाहक सवारीसाधन पार हुन आलोपालो गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । सुरुङ मार्ग बनाउन करिब रु एक अर्ब लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारे पनि आर्थिक स्रोत अभावका कारण पहाड काटेर फराकिलो पार्ने विकल्प अपनाइएको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

“सम्भव भएको ठाउँमा कालीगण्डकी किनारमा पक्की पर्खाल बनाएर सडक फराकिलो पार्ने विकल्प अपनाइएको छ भने डिलतर्फ विस्तार गर्ने सम्भव नभएको ठाउँमा भित्ताको पहाड फुटाउन लागिएको हो”, उहाँले भन्नुभयो । चीनको सिमानामा रहेको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डका विभिन्न ठाउँमा पहिरो रोकथामको काम पनि भइरहेको बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोडको लागतमा पहिरो रोकथामको काम भइरहेको हो ।




भर्खरै