३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

 संसदीय सुनुवाइपछि ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्नेमा समितिको जोड



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)ले संवैधानिक आयोगका पदाधिकारी तथा अन्य उच्च पदस्थ व्यक्तिले सुनुवाइका क्रममा गरेका प्रतिबद्धताको कार्यान्वयनबारे स्वयंले ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा समिति सभापति वोधनारायण श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सुनुवाइपछि नियुक्त हुने पदाधिकारीले आफ्ना कार्ययोजना र प्रतिबद्धताअनुसारको प्रगति विवरण नियमित रूपमा नागरिकसमक्ष सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सभापति श्रेष्ठले हालको संसदीय सुनुवाइ कार्यविधिमा देश र नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यका केही प्रावधान समावेश भए पनि ती पर्याप्त नरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार संसदीय सुनुवाइलाई थप प्रभावकारी बनाउन छुट्टै कानुनी संरचना आवश्यक छ ।

उहाँले संसदीय सुनुवाइसम्बन्धी संघीय कानून निर्माण गर्न सकेपछि मात्र मापदण्ड, प्रश्नको स्वरूप र जवाफदेहिताबारे स्पष्टता आउने धारणा राख्नुभयो । उहाँले सुनुवाइका क्रममा सोधिने प्रश्नको गुणस्तर नै अन्तिम नतिजामा निर्णायक हुने भन्दै सही प्रश्न नसोधिए सही जवाफ नआउने स्पष्ट पार्नुभयो ।

सभापति श्रेष्ठले कुनै पनि उम्मेदवारको मर्यादामा आँच नआउने गरी प्रश्न सोधिनुपर्ने र त्यसका लागि आचारसंहिता आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने जानकारी पनि दिनुभयो ।