१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलको ऐतिहासिकता ब्युँताउन खरिबोट रोपियो



अ+ अ-

काठमाडौं। टुँडिखेलको मध्य भागमा रहेको खरीको रूखलाई पुनः कायम गरी ऐतिहासिक महत्वलाई ब्युताउँने प्रयासस्वरूप खरीको बोट रोपिएको छ । अभियन्ताहरूले टुँडिखेलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई कायम गर्न ‘अतिक्रमणमुक्त टुँडिखेल’ अभियानअन्तर्गत दोस्रो साताको शनिबार खरीको बोट रोपेर यस्तो प्रयास सुरु गरेका हुन् । टुँडिखेलको मध्य भागमा रहेको खरीको विशाल रूखसहितको ऐतिहासिक चौतारामा बसेर विभिन्न ऐतिहासिक निर्णय भएको इतिहास छ ।

खरिबोटमा बसेर १४ पुस १९८१ मा राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाले नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए भने विभिन्न समयमा महत्वपूर्ण राजनीतिक परिवर्तनको खरिबोटबाट नै गरिएको इतिहास रहेको छ । अकुपाइ टुँडिखेलका संयोजक विजय श्रेष्ठसहितका अभियन्ताहरूले टुँडिखेलमा खरीको बोट रोपेका हुन् । उनीहरूले बोटको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए । कार्यक्रममा पुराना पुस्ताका व्यक्तिहरूले विरुवा रोपेका थिए भने पछिल्लो पुस्ताका अभियन्ताले पानी हालेर खरीको रूख ब्युँताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले काठमाडौंमा अक्सिजनका लागि टुँडिखेलजस्ता खुला ठाउँ आवश्यक रहेको औंल्याएका थिए । राणा शासनको अन्त्यपछि समेत भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमण तथा २०१७ सालमा बेलायती महारानी एलिजावेथको नेपाल भ्रमणका क्रममा खरिबोटको चौतारामा स्वागत गरिएको इतिहासकारहरू बताँउछन् ।

तर, पञ्चायतकालमा राजा महेन्द्रले खरिबोटसहितको चौतारा भत्काउन लगाएसँगै खरिबोट मासिन पुगेको थियो । खरिबोटको सांस्कृतिक महत्वसमेत रहेको छ । काठमाडौंका नेवार समुदायले सो रूखलाई ‘गुरुमापा’को नामबाट पूजा गर्दै आएका थिए । सो रूख मासिएसँगै अर्को खरीको रूखलाई पूजा गरिँदै आएको छ । राजधानी दैनिकबाट