३१ श्रावण २०८३, आईतवार
,
Latest
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङलाई शाहीले भनेः प्रधानमन्त्रीको राजीनामा होइन, उत्तरदायित्व खोजौँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस आधार नरहेको बताएका हुन्। उनले विगत ३५ वर्षदेखि देशमा लुट, भ्रष्टाचार र गलत शासन पद्धति चलाउने शक्तिविरुद्ध जनताले अहिलेको जनादेश दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

शाहीले देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले प्रधानमन्त्रीलाई प्रजातान्त्रिक बन्न, संसद्प्रति उत्तरदायी हुन र जनताको आवाजलाई सम्मान गर्नुपर्ने माग आफूहरूको रहेको स्पष्ट पारे।

उनले भनेका छन्, “हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्।”

संसद् जनताको आवाज उठाउने र सरकारलाई जनताका भावना सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च भएकाले यसको सम्मान गर्न प्रधानमन्त्री बाध्य हुनुपर्ने शाहीको भनाइ छ।

उनले पुराना शक्तिहरूको भ्रष्टाचार र लुटतन्त्रविरुद्ध जनताले दिएको मतलाई सम्मान गर्दै राजीनामाभन्दा पनि उत्तरदायित्व र जवाफदेहितामा जोड दिनुपर्ने बताएका छन्। साथै, व्यवस्था र पद्धतिलाई बलियो बनाउन प्रधानमन्त्री संसद्प्रति उत्तरदायी बन्न आवश्यक रहेको उनको धारणा छ।