९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत नेपाली स्वादको गन्तव्य ज्यूनार



अ+ अ-

काठमाडौँ: काठमाडौँको व्यस्त शहरी जीवनबाट केही समय विश्राम लिन चाहनेहरूका लागि नागार्जुन रिसोर्ट भित्र सञ्चालनमा रहेको ज्यूनार रोयल डाइनिङ अहिले परम्परागत नेपाली खानाको विशेष गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। नेपाली मौलिक स्वाद, सांस्कृतिक वातावरण र आतिथ्यको संयोजनले रेस्टुरेन्टले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गरिरहेको छ।

रेस्टुरेन्टमा नेपाली गाउँघरको स्वाद झल्किने विभिन्न परिकार उपलब्ध छन्। ढिँडो, गुन्द्रुक, लोकल कुखुरा, फापरका परिकार, सेलरोटी, अचार तथा मौलिक नेवारी परिकार यहाँका मुख्य आकर्षण मानिन्छन्। परम्परागत भाँडाकुँडा र नेपाली शैलीको सजावटले आगन्तुकलाई नयाँ परिवेशको अनुभूति गराउँछ।

विशेषगरी परिवार, विदेशी पाहुना तथा नेपाली संस्कृतिप्रति चासो राख्ने ग्राहकहरूका लागि ज्यूनार रेस्टुरेन्ट उपयुक्त स्थान बनेको छ। रिसोर्ट परिसरबाट देखिने हरियाली डाँडा र शान्त वातावरणले भोजनलाई अझ विशेष बनाउने गरेको ग्राहकहरूको अनुभव छ।

रेस्टुरेन्ट व्यवस्थापन अभिषेक बिक्रम शाहका अनुसार नेपाली खानाको मौलिकता जोगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले मेनु तयार गरिएको हो। स्थानीय कृषकबाट ल्याइने अर्गानिक सामग्री प्रयोग गरिनु यहाँको अर्को विशेषता हो।

होटलका सेफ बिक्रम गिरीलेपर्यटन प्रवर्द्धनसँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको ज्यूनार रेस्टुरेन्टले नेपाली स्वाद र संस्कृतिको संरक्षणमा पनि योगदान पुर्‍याएको बताउनु भयो ।