१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच झडप

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच झडप
अ अ+ अ-

इलाम। भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ। भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सन्दकपुरमा शनिबार झडप भएको हो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अगुवाइमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको थियो ।

अनेरास्ववियु नेता दिनेश ढकालले सन्दकपुरको दसगजामा एसएसबीले प्रवेश गर्न रोक लगाएपछि तनाव सिर्जना भएको बताए। ‘विद्यार्थीको कार्यक्रम शान्तिपूर्ण थियो तर एसएसबीले सन्दकपुरको भ्यु–टावर प्रवेश गर्न नदिएपछि झडप भएको हो,’ उनले भने, ‘एसएसबीले भ्यु टावर प्रवेश नदिने गरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन् ।’ विद्यार्थीले त्यहाँ नेपालको झन्डासमेत गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झन्डा फहराएको हो। नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा पुगेर युवा तथा विद्यार्थीले सीमा क्षेत्र व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । विभिन्न प्लेकार्डसहित सूर्योदय नगरपालिकाको फिक्कल हुँदै पशुपतिनगर पुगेका विद्यार्थीले छमेकी देशहरूसँग कूटनीतिक पहल गरी सीमाको व्यवस्थापन र आफ्नो देशको भू–भाग सुरक्षा गर्न सरकारसँग आग्रह गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

नारा लगाउँदै सन्दकपुर भ्यु–टावर छेउ पुगेपछि एसएसबीले अवरोध गरेको तर विद्यार्थीले अवरोध हटाएर भ्यु–टावरमा राष्ट्रिय झन्डा फहराएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रवेश पराजुलीले बताए । भारतले हालै कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमि आफ्नो पक्षमा रहेको नक्सा सार्वजनिक गरेपछि इलामका विद्यार्थी नेपाली भूमि फर्काउने दबाबस्वरूप आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले गत बिहीबार सीमावर्ती क्षेत्र पशुपतिनगरमा पनि सीमा रक्षाका लागि नारा जुलुस गरेका थिए । राजधानी दैनिकबाट