५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान



अ+ अ-

काठमाडौं । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ ।

अपाङ्गता भएका चार जनालाई ‘ह्विलचियर’, र दश जनालाई ‘ट्वाइलेट चियर’, दुई जनालाई ‘एलकेन’ लौरो, एक जनालाई ‘हेयरिङ एड’, अन्य एक जनालाई ‘मोडिफाइ सुज’ र दुई जनालाई कृत्रिम हात वितरण गरिएको हो ।

गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले राससलाई जानकारी दिनुभयो ।

ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

ऐसेलुखर्क बजारस्थित गाउँपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले सामग्री वितरण गर्नुभएको हो । उक्त कार्यालयका अनुसार यो पालिकामा २७७ जना अपाङ्गता भएका व्यक्ति छन् ।