५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१,४६६ शिक्षकलाई तालिम : सामुदायिक शिक्षाको गुणस्तर सुधारमा महानगरको जोड



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका ले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकलाई विभिन्न विषयमा तालिम प्रदान गरेको जनाएको छ।

महानगरका शिक्षा अधिकारी नमराज ढकाल का अनुसार शिक्षकहरूको क्षमता विकासका लागि समान अवसर सुनिश्चित गर्दै तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो।

महानगरपालिकाका अनुसार बाल विकास सहजकर्ता (इसीडी) सम्बन्धी तालिममा १२४ जना सहभागी भएका छन्। उक्त शीर्षकमा १२८ जनालाई तालिम दिने लक्ष्य राखिएको थियो। यस्तै, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना शिक्षक सहभागी भएका छन् भने यसतर्फ १४० जनालाई तालिम दिने लक्ष्य थियो।

नेपाल भाषा प्रशिक्षणअन्तर्गत सामुदायिक विद्यालयका १६४ जना तथा संस्थागत विद्यालयका ११६ जना शिक्षकलाई तालिम प्रदान गरिएको महानगरपालिकाले जनाएको छ। यस कार्यक्रममा क्रमशः १७२ र १२० जनालाई सहभागी गराउने लक्ष्य राखिएको थियो।

त्यसैगरी सूचना तथा प्रविधि (आईटी) सम्बन्धी तालिममा ३८५ जना शिक्षक सहभागी भएका छन्। एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन तथा विषयगत प्रश्नपत्र निर्माण र विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना शिक्षक सहभागी भएका छन्। प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका छन्।

यी कार्यक्रमअन्तर्गत क्रमशः ४२८ जना, ५४० जना र ८३ जना शिक्षकलाई तालिम दिने लक्ष्य राखिएको थियो।
शिक्षा अधिकारी ढकालले शिक्षकको क्षमता विकासमार्फत सिकाइको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको बताउनुभयो। “शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र आचरणलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार शिक्षकलाई प्रोत्साहन गर्दै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई महानगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।