१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

पर्यटनप्रवर्द्धन गर्न सरकारको ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना

पर्यटनप्रवर्द्धन गर्न सरकारको ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना
अ अ+ अ-

काठमाडौं । पर्यटकीय पूर्वाधारमा लगानी जुटाउन र पर्यटनप्रवर्द्धन गर्न सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ। यो सम्मेलनबाट नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अपेक्षा छ। सम्मेलन फागुन १८ देखि चैत १७ भित्रमा गर्ने तयारी छ। यसका लागि भ्रमण वर्ष सचिवालयले दुई करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। लगानी सम्मेलनका लागि सातैवटा प्रदेशबाट कम्तीमा चारवटा लगानी योजना माग गरिएको छ।

सम्भावना भएका अन्य निजी क्षेत्रका योजनालाई पनि सम्मेलनमार्फत लगानी जुटाइने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले अन्नपूर्णलाई जानकारी दिए। विश्व बैंक र बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिफिट) सँगको सहकार्यमा गर्न लागिएको यो कार्यक्रममा लगानी बोर्ड पनि साझेदार हुने भएको छ। सम्मेलन आयोजना गर्ने विषयमा भ्रमण वर्ष सचिवालयले आवश्यक अध्ययन प्रतिवदेन तयार पारिसकेको छ।

सोही प्रतिवेदनका आधारमा पर्यटनको लगानीको क्षेत्र तय गर्ने, सरकारले दिनुपर्ने सेवा सुविधा र आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने, निजी क्षेत्रलाई सहजीकरण गर्ने तथा लगानी आकर्षित गर्ने योजना पेस गर्ने काम हुने भएको छ। सम्मेलनमा विदेशी र स्वदेशी लगानीका विषयमा थप कार्यक्रम तय गरेर अन्तिम खाका सार्वजनिक गरिनेछ। सातै प्रदेशका मुख्यमन्त्रीसहितका प्रतिनिधिसँग आवश्यक योजना र पूर्वाधार माग भएको छ। प्रदेश स्तरबाट आएका र निजी क्षेत्रका परियोजनालाई पनि सम्मेलनमा सहभागी गराइने भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक बैंद्यले जानकारी दिए।

यस्तो सम्मेलनको प्रमुख उद्देश्य नै नेपालको पर्यटन क्षेत्रलाईप्रवर्द्धन गर्ने भन्ने हो। हाल नेपालमा पर्यटक भित्र्याउने माध्यमका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै छ। यसको विकल्प सन् २०२० देखि भैरहवा विमानस्थल सञ्चालनमा आउनेछ। यसपछि पोखरा विमानस्थल पनि सञ्चालनमा आउनेछ। त्यसपछि नेपालमा पर्यटक आउने प्रमुख गन्तव्य पहिचान गर्ने, पर्यटनलाई प्रडक्ट बनाएर प्रवर्द्धन गर्नुपर्ने हुन्छ। त्यसकै तयारी स्वरूप अहिले नेपालको पर्यटन पूर्वाधारमा लगानी भित्र्याउन, निजी क्षेत्रलाई उत्साहित बनाउन पनि सम्मेलनको आवश्यकता परेको हो।

सम्मेलनमा कसरी लगानी भित्र्याउने, कस्ता आयोजनामा लगानी आह्वान गर्ने र इच्छुक विदेशी लगानीकर्तालाई कस्ता परियोजनामा कुन ढंगबाट सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा लगानी बोर्डसँगको सहकार्यमा टुंगो लगाउनै बाँकी रहेको जानकारी पनि वैद्यले दिए। भ्रमण वर्षसँगको सहकार्यमा पर्यटन सम्मेलन गर्ने विषयमा दुईतीन पटक द्विपक्षीय वार्ता भइसकेको छ। आवश्यक बैठक पनि भइरहेको छ। भ्रमण वर्षकै कार्यक्रमलाई लगानी बोर्डले समर्थन गरेर अगाडि बढ्न लागिएको हो।

गत वर्ष भएकै लगानी सम्मेलनकै मोडलमा पर्यटन पूर्वाधारका परियोजना तयार पारिने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए। पर्यटन पूर्वाधारका लगानीयोग्य ठूला पूर्वाधार तय गरेर सोकेसमा राख्ने र लगानी खोजिने जानकारी अधिकारीले दिए। अघिल्ला वर्षमा समग्र क्षेत्रका परियोजनाको विषयमा लगानी खोज्ने गरी सम्मेलन गरिएको भए पनि यसपटक भने पर्यटन क्षेत्रलाई मात्रै दृष्टिगत गरेर यस्तो कार्यक्रम गरिने जानकारी बोर्डले दिएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट