१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

जापानमा मह जोडीलाई सूर्यरत्न सम्मान

जापानमा मह जोडीलाई सूर्यरत्न सम्मान
अ अ+ अ-

काठमाडौं । मंसिरको पहिलो साता जापानको टोकियोमा आयोजना हुने सूर्य इन्टरनेसलन अवार्ड २०१९ मा अग्रज कलाकारलाई सम्मान गरिने भएको छ । आयोजक संस्था सूर्य कर्पोरेसनले विज्ञप्ति जारी गर्दै सम्मानको घोषणा गरेको हो । कार्यक्रममा अग्रज हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कलाकारितासँगै गीतसंगीत, सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै ‘सूर्यरत्न सम्मान–२०१९’बाट सम्मानित गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले जानकारी गराएका छन् ।

यस्तै, चार दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्र निर्देशक, कलाकार, गीतकार तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड–२०१९’बाट सम्मानित गरिने भएको छ । यसैगरी चार/दुई दशकभन्दा समयदेखि अभियनमा सक्रिय अभिनेता विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’ प्रदान गरिने भएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदीलाई ‘सूर्य पत्रकारिता पुरस्कार–२०१९’ प्रदान गरिने भएको छ ।

पत्रकार सुवेदीलाई २५ हजार (जापनिज मुद्रा) सहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । आयोजक लामिछानेले यो अवार्डका लागि चलचित्र र गीत संगीत क्षेत्रका ७० जनाभन्दा बढी कलाकार मंसिरको पहिलो साता जापान जाने जानकारी गराएका छन् । यो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिने भएको छ । राजधानी दैनिकबाट