१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गरे ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी सङ्गठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रित परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कूल ७३ प्रतिशत खर्चको योगदान पुर्याइरहेको जानकारी दिए ।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिए । यस्तै नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततिहरुमध्ये एक जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै चालू आर्थिक वर्षदेखि प्रहरी कल्याण कोषबाट रु ३० हजार अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पूर्वप्रहरी सङ्गठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले प्रहरी सङ्गठनसँग पूर्वप्रहरी सङ्गठनले राखेका अपेक्षाबारे उल्लेख गर्दै सङ्गठनका आगामी योजना तथा कार्यक्रमबारे चर्चा गरे ।