८ असार २०८३, सोमबार
,
Latest
लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णमा माटो परीक्षण



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकामा किट बक्स विधि प्रयोग गरेर माटोका परीक्षण गरिएको हो । सोही अवसरमा माटोमा नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थको मात्राको मापन पनि गरिएको थियो । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोही अनुकूलको खाद्यान्न, तरकारी र फलफूलको बीउ मगाई आत्मनिर्भर हुने खेतीलाई अपनाइने गाउँपालिकाको योजना रहेको बताइएको छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि माटो परीक्षणको काम गरिएको गाउँपालिकाले जनाएको छ । माटोमा रहेको उर्वराशक्तिलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीका सदस्य प्रशन्न केसीले बताए । माटो परीक्षणमा एग्रिकल्चरका निशन देवकोटा, प्रशन्न केसी, निशा घिमिरे लगायतको प्राविधिक टोलीले सघाएका थिए ।

साथै माटो परीक्षणका लागि प्रत्येक वडाका करीब नौ जनाको समूहलाई तालीम दिइएको थियो । साथै प्रत्येक वडामा दुई थानका दरले रु दुई लाख ५० हजार बराबरको माटो परीक्षण गर्ने किट बक्स उपकरण वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।