१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णमा माटो परीक्षण



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकामा किट बक्स विधि प्रयोग गरेर माटोका परीक्षण गरिएको हो । सोही अवसरमा माटोमा नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थको मात्राको मापन पनि गरिएको थियो । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोही अनुकूलको खाद्यान्न, तरकारी र फलफूलको बीउ मगाई आत्मनिर्भर हुने खेतीलाई अपनाइने गाउँपालिकाको योजना रहेको बताइएको छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि माटो परीक्षणको काम गरिएको गाउँपालिकाले जनाएको छ । माटोमा रहेको उर्वराशक्तिलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीका सदस्य प्रशन्न केसीले बताए । माटो परीक्षणमा एग्रिकल्चरका निशन देवकोटा, प्रशन्न केसी, निशा घिमिरे लगायतको प्राविधिक टोलीले सघाएका थिए ।

साथै माटो परीक्षणका लागि प्रत्येक वडाका करीब नौ जनाको समूहलाई तालीम दिइएको थियो । साथै प्रत्येक वडामा दुई थानका दरले रु दुई लाख ५० हजार बराबरको माटो परीक्षण गर्ने किट बक्स उपकरण वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।