१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल पत्रकारिता तालीम सम्पन्न



अ+ अ-

बनेपा । सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ । प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो ।

सो तालीम समापन कार्यक्रममा रामेछापका सहभागी मञ्जु उप्रेतीले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताए । दैनिक गर्ने काममा मोबाइल धेरै उपयोगी हुन्छ भन्ने कुरालाई व्यावहारिकरूपमा प्रयोगमा ल्याई पेशालाई थप जिम्मेवार र दक्ष बनाउनका लागि तालीमले सहयोग पुर्याएको उनले बताए । अर्का सहभागी काभ्रेपलाञ्चोकका अञ्जली तामाङले तालीमले पेशामा थप ऊर्जा थपिदिएको बताए ।

पहिला सामान्यरूपमा भिडियो इडिटिङ र रेकर्डिङका लागि काठमाडौँसम्म खर्च गरी धाएर सिकेको भए पनि खासै प्रगति गर्न नसकेको अवस्थामा जिल्लामै बसेर सो सम्बन्धी ज्ञान हासिल गर्दै पत्रकारिता पेशामा अर्को मनोबल बढाएको उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए ।

उनले ग्लोबल जर्नालिज्मको अवधारणालाई आम पत्रकारिता जगत्मा पुर्याउन सहयोग पु¥याउने र मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारले आफूलाई लोकल जर्नालिज्म हो भनेर सङ्कुचितरूपमा सोच्ने गरेका कारण अब प्रविधि र मिडियाको प्रयोगको पहुँच असीमित हुने गरेको कारण लोकल नभई ग्लोबल जर्नालिज्म हो भन्ने धारणामा परिवर्तन ल्याउन तालीमले उत्प्रेरण दिने बताए । तालीममा जिल्लामा रहेर रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितामा सक्रिय २० पत्रकारको सहभागिता रहेको थियो ।