७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले काम नगर्ने ठेकेदारलाई संरक्षण गर्यो’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण गरिराखेको आरोप लगाएका छन् । सडक कालोपत्रे गर्ने जिम्मेवारी लिएर पनि समयमा काम नगरेका ठेकेदारलाई सरकारले कारबाही गर्नुको साटो संरक्षण गरेको बताएका हुन् ।

आइतबार पोखरामा बोल्दै नेता पौडेलले भने, ‘काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण गरिराखेको छ।’

नगरकोट सडक कालोपत्रे गर्न ठेकेदारले ढिलाइ गरिराखेको भन्दै उनले राजनीतिक पार्टीका नेताका आडमा समयमै काम नहुने प्रवृत्ति बढेको बताए।