८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा सच्याउने मात्रै होइन भूमि नै फिर्ता ल्याउँछौ : प्रधानमन्त्री



अ+ अ-

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा सच्याउने मात्र होइन सरकारले अतिक्रमित भूमिनै फिर्ता ल्याउने बताएका छन् ।

‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन, तर सरकार नक्सा सच्याउने मात्र होइन अतिक्रमित भूमि नै फिर्ता ल्याउँछ।’ नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई उनले आग्रह गरे।

उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताए। ‘छिमेकीसँग अलिकति पनि तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’