२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई हर्कले भने: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उत्तर दिन संसदमा आउनुस्



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रश्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा बिहीवार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि सांसदहरुले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताउनु भयो । यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित भएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमको छलफलमा प्रधामन्त्री हुनुहुन्न, म यसमा आपत्ति जनाउन चाहन्छु । सरकारको प्रमुख, उहाँले नै पेश गरेको नीति तथा कार्यक्रममा हामी छलफलमा छौँ । जीवन सिकाई हो, हरेक पल हामीले सिकिरहनुपर्छ, अरुलाई सुनिरहनुपर्छ । यति महत्वपुर्ण विषयमा हामीले छलफल गरिरहँदा सरकारको प्रमुख, जसले नीति तथा कार्यक्रम ल्याउनुभएको हो, जसले हामीलाई सुनिरहनुभएको छैन । उहाँले लाईभमा सुनुहुन्छ वा भरेभोली सुन्नुहुन्छ भन्ने पनि होला । तर यो संसदको मर्यादा विपरित छ, संसदको परम्परा विपरित पनि छ । म माग गर्न चाहन्छु, उहाँ यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यदी उहाँ आउनुहुन्न भने हाम्रो श्रम संस्कृति पार्टी बाहिरिनेछौँ । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होईन । सामाजिक परम्परा छ नी, आफ्नो विहेमा अरुलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराईरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसावले हामी संसदलाई चलाउन सक्दैनौँ ।’

उहाँले देश विकास गर्न गफले मात्रै नहुने बताउनु भयो । उहाँले सरकार लगायत सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा सबै सांसदहरुको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गर्नुभयो । नीति तथा कार्यक्रममा संसदमा पर्याप्त छलफल हुन नसकेको उहाँको भनाई छ । उहाँले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप लगाउनु भयो ।

तस्बिर: रत्न श्रेष्ठ / रासस