३१ श्रावण २०८३, आईतवार
,
Latest
वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गर्‍यो: रामकुमारी झाँक्री



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सनेर त्यसपछि मात्र थुन्न आग्रह गर्नुभयो । उहाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गर्नुभयो । उहाँले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरा हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरु दोहो¥याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठुलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो । त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रुपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ । यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरुले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन ।’

उहाँले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पूर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताउनुभयो । सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।




भर्खरै