१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून अतिरिक्त शुल्कमा उपचार



अ+ अ-

चितवन । क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् ।

अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिने छ । गर्मी महिनामा यो समय एक घण्टा थपिनेछ ।

विस्तारित सेवामा बहिरङ्ग टिकट नेपाल सरकारले तोकेअनुसार केही थप लाग्नेछ भने रेडियोलोजी, प्याथोलोजी, श्ययालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महङ्गो शल्यक्रियाको रु ३० हजार पर्ने गर्दछ ।

सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा रु ४५ हजार पर्दछ भने बाहिर निजी अस्पतालमा गर्दा रु दुई लाखसम्म पर्ने गर्दछ । शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा बाहेक अतिरिक्त शुल्क नहुने हुँदा बिरामीलाई बाहिरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाइ छ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस् भन्ने उद्देश्यले विस्तारित सेवा शुरु गरिएको हो ।

अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । आचार्यले यस सेवासँगै बिरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमिक पाउने बताउनुभयो । सबै विभाग नियमित सञ्चालनका लागि पालो मिलाइएको उहाँको भनाइ छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गङ्गालाल र धरानको नमूनालाई हेरेर यहाँको व्यावहारिक अवस्थासमेतलाई मनन गर्दै नयाँ ढङ्गले विस्तारित सेवा शुरु गरेको हो ।

बीस वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । तीमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । यसअघि आर्थिक वर्ष २०७४र७५ मा एक लाख २१ हजार १३५, आर्थिक वर्ष ०७३र७४ मा एक लाख १३ हजार ७९९ र आर्थिक वर्ष २०७२र७३ मा एक लाख १२ हजार १७६ जनाले सेवा लिएका थिए ।

अस्पतालमा उपचार गराएकामध्ये आर्थिक वर्ष २०७४र७५ मा छ हजार २९६, आर्थिक वर्ष २०७३र०७४ मा चार हजार ५४८ र आर्थिक वर्ष २०७२र०७२ मा पाँच हजार चार जनामा क्यान्सर पहिचान भएको थियो । अस्पतालमा पछिल्ला वर्षमा सेवा विस्तारलाई तीव्र पारिएको छ । आचार्यका अनुसार एमआरआई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमित सञ्चालनमा ल्याइएको छ । रेडियोथेरापीको सेवालाई गुणात्मक र सङ्ख्यात्मकरूपमा वृद्धि गरी अत्याधुनिकीकरण गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा गत वर्ष ल्याइएको क्लिन्याक नाइन, अङ्को सिटी स्क्यान उपकरण र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकी थेरापी उपकरणका कारण बिरामीलाई सेवा पु¥याउन सहज भएको छ । अस्पतालको प्याथोलोजी विभागमा नयाँ उपकरण थप गरी आधुनिकीकरण गरिएको छ । दुई÷दुई घण्टामा बिरामीको रगत परीक्षणको नतिजा दिइने गरिएको छ । आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रक्त क्यान्सरका पीडित बिरामीलाई आधुनिकस्तरको सेवा दिन हेमाटो अङ्कोलोजी विभाग शुरु गरिएको आचार्यले बताउनुभयो । अस्पतालमा विभिन्न खालका क्याबिन सञ्चालनमा आएका छन्् । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आइसकेको छ ।

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय श्ययाबाट शुरु भएको अस्पताल हाल ४५० श्यया सञ्चालनमा रहेको छ ।