८ असार २०८३, सोमबार
,
Latest
लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून अतिरिक्त शुल्कमा उपचार



अ+ अ-

चितवन । क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् ।

अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिने छ । गर्मी महिनामा यो समय एक घण्टा थपिनेछ ।

विस्तारित सेवामा बहिरङ्ग टिकट नेपाल सरकारले तोकेअनुसार केही थप लाग्नेछ भने रेडियोलोजी, प्याथोलोजी, श्ययालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महङ्गो शल्यक्रियाको रु ३० हजार पर्ने गर्दछ ।

सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा रु ४५ हजार पर्दछ भने बाहिर निजी अस्पतालमा गर्दा रु दुई लाखसम्म पर्ने गर्दछ । शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा बाहेक अतिरिक्त शुल्क नहुने हुँदा बिरामीलाई बाहिरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाइ छ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस् भन्ने उद्देश्यले विस्तारित सेवा शुरु गरिएको हो ।

अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । आचार्यले यस सेवासँगै बिरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमिक पाउने बताउनुभयो । सबै विभाग नियमित सञ्चालनका लागि पालो मिलाइएको उहाँको भनाइ छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गङ्गालाल र धरानको नमूनालाई हेरेर यहाँको व्यावहारिक अवस्थासमेतलाई मनन गर्दै नयाँ ढङ्गले विस्तारित सेवा शुरु गरेको हो ।

बीस वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । तीमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । यसअघि आर्थिक वर्ष २०७४र७५ मा एक लाख २१ हजार १३५, आर्थिक वर्ष ०७३र७४ मा एक लाख १३ हजार ७९९ र आर्थिक वर्ष २०७२र७३ मा एक लाख १२ हजार १७६ जनाले सेवा लिएका थिए ।

अस्पतालमा उपचार गराएकामध्ये आर्थिक वर्ष २०७४र७५ मा छ हजार २९६, आर्थिक वर्ष २०७३र०७४ मा चार हजार ५४८ र आर्थिक वर्ष २०७२र०७२ मा पाँच हजार चार जनामा क्यान्सर पहिचान भएको थियो । अस्पतालमा पछिल्ला वर्षमा सेवा विस्तारलाई तीव्र पारिएको छ । आचार्यका अनुसार एमआरआई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमित सञ्चालनमा ल्याइएको छ । रेडियोथेरापीको सेवालाई गुणात्मक र सङ्ख्यात्मकरूपमा वृद्धि गरी अत्याधुनिकीकरण गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा गत वर्ष ल्याइएको क्लिन्याक नाइन, अङ्को सिटी स्क्यान उपकरण र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकी थेरापी उपकरणका कारण बिरामीलाई सेवा पु¥याउन सहज भएको छ । अस्पतालको प्याथोलोजी विभागमा नयाँ उपकरण थप गरी आधुनिकीकरण गरिएको छ । दुई÷दुई घण्टामा बिरामीको रगत परीक्षणको नतिजा दिइने गरिएको छ । आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रक्त क्यान्सरका पीडित बिरामीलाई आधुनिकस्तरको सेवा दिन हेमाटो अङ्कोलोजी विभाग शुरु गरिएको आचार्यले बताउनुभयो । अस्पतालमा विभिन्न खालका क्याबिन सञ्चालनमा आएका छन्् । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आइसकेको छ ।

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय श्ययाबाट शुरु भएको अस्पताल हाल ४५० श्यया सञ्चालनमा रहेको छ ।