७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको ‘ड्रेसअप’माथि काँग्रेस सांसद केसीको प्रश्न: यो कस्तो परम्परा बसाल्न खोज्दै हुनुहुन्छ ?



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरित भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि ? भन्दै प्रश्न गर्नुभयो ।

“सरकार एकातिर पुरानो परम्परा तोढ्दै नयाँ जग बसाल्न उद्दत देखिन्छ । पुराना परम्परा र नजिरहरुलाई मिच्दै नयाँ परम्परा र नजिर स्थापित गर्ने दिशामा सरकार गएको देखिन्छ । बोलाइएको संसद स्थगित गरेर चाङ लगाएर अध्यादेश ल्याइएको छ । त्यो अन्तर्राष्ट्रिय परम्परा र संसदीय प्रणालीमा हामीले पनि केही नयाँ कार्यक्रम गर्नुपर्ने हो कि जस्तो लागेको छ । अहिलेसम्म गृह मन्त्रालय खाली छ । अहिले के देखिन्छ भने प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा अहिलेसम्म नभएको डे«सअप म देख्दैछु । यसमा पनि चर्चा शुरु भएको छ । यसमा पनि नयाँ परम्पराको थालनि शुरु भएको हो कि । नेपालको इतिहासमा नयाँ आयाम थप्न खोजिएको हो कि ? संसदले बनाएको प्रधानमन्त्री संसदप्रयित उत्तरदायी हुनुपर्छ,”उहाँले भन्नुभयाे ।

सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।