२८ श्रावण २०८३, बिहीबार
,
Latest
फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने पूर्वप्रधानमन्त्री देउवाले भनेः राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् ? रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव रोल्पा पहिरोमा ठूलो मानवीय क्षति, सरकारलाई गम्भीर बन्न रास्वपाको आग्रह ‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीहरु खाली नगरियोस् : एमाले सांसद चौधरी



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)की सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीहरु हटाउनुअघि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

काठमाडौं उपत्यकाका सुकुम्बासीहरुको अवस्था अत्यन्त अव्यवस्थित रहेको बताउँदै खानपान, पिउने पानी र बालबालिकाको शिक्षासमेत प्रभावित भन्दै वैकल्पिक व्यवस्था नगरिकन बाँकी सुकुम्बासी बस्ती भत्काउनुअघि वैकल्पिक व्यवस्था गर्न उहाँको माग छ ।

उहाँले बालबालिका र अभिभावक छुट्टाछुट्टै स्थानमा बस्न बाध्य भएको तथा विद्यालय जाने विषयसमेत अन्योलमा रहेको बताउनु भयो । उहाँले सुकुम्बासी समस्या हल गर्ने नाममा भूमिहीनहरुलाई थप पीडा नदिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै