११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती



अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको .वर्षाले केही असर भने पु¥याएको उहाँले बताउनुभयो । “स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ”, उहाँले भन्नुुभयो ।

कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ । पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न. १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो ।

मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ ।