३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानीमा चासो, सुधार र डिजिटल शिक्षामा सहकार्य विस्तार हुने सङ्केत



अ+ अ-

काठमाडौँ  । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी विस्तार गर्ने चासो देखाएको छ। बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको शिक्षा क्षेत्र सुधार र सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको हो।

मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनबीच भएको भेटमा विद्यालय शिक्षा सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली विकासका विषयमा केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा विश्व बैंकले नेपालमा विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा दुवै पक्षबीच सकारात्मक समझदारी बनेको उल्लेख गरिएको छ।

मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी दिँदै शैक्षिक पूर्वाधार विकास, आधारभूत सिकाइ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएक बताउनुभयो। उहाँले विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने पनि स्पष्ट गर्नुभयो।

“गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,” मन्त्री पोखरेलले भन्नुभयो, “विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइनेछ।”

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार तथा शिक्षा प्रणालीलाई आधुनिक आवश्यकतासँग जोड्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै