५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गर्नुभएको छ । बैठकमा सांसद नितिमा कार्की भण्डारीले सर्लाहीमा सर्पको टोकाइको असरबारे चिन्ता व्यक्त गर्नुभयो भने सांसद अङ्किता ठाकुरले सप्तरीमा भीषण आगलागीबाट छ परिवारको घरमा क्षति भएको बताउनुभयो ।

उहाँले एक महिनाभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भएकामा सरकारलाई धन्यवाद दिनुभयो । सांसद निष्कल राईले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सांसद ऐनबहादुर महरले पनि संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली पनि हो भन्नुभयोे ।




भर्खरै