५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सनसेट ल’ आए जलविद्युत क्षेत्रमा धेरै समस्या हट्नेछः इप्पान अध्यक्ष कार्की



अ+ अ-

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताउनुभएको छ ।

इप्पानको एक कार्यक्रममा अध्यक्ष कार्कीले वन मन्त्रालयमा ४० भन्दा बढी फाइल रोकिएको विषयमा आफूहरूले पटक–पटक पत्राचार गरिरहेको स्मरण गर्दै अहिले चर्चामा रहेको सनसेट ल छिट्टै आउने संकेत देखिएको बताउँदै उक्त सनसेट ल आए जलविद्युत क्षेत्रमा रहेका धेरै समस्या हल हुने बताउनुभएको हो ।

उहाँकाअनुसार उक्त कानुनमार्फत ‘वान डोर पोलिसी’ लागू हुनुपर्छ, जसले जलविद्युत आयोजनाका अनुमति तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउनेछ । अध्यक्ष कार्कीले अब आन्दोलनभन्दा काम गर्ने समय आएको भन्दै सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारसँग निजी क्षेत्रले धेरै अपेक्षा गरेको उल्लेख गर्दै काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले भनेका कुराहरु लागू गरिदिए मात्रै पनि काम गर्ने वातावरण धेरै बनने छ ।

अध्यक्ष कार्कीले अहिले संसदमा जलविद्युत क्षेत्र बुझ्ने धेरै सांसदहरु पुगेकाले क्षेत्रका मुद्दा उठाउन र समाधानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले इप्पानभित्र सबै पक्षलाई समेटेर सिंगो टिम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।–