३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सी चिनफिङ र डोनाल्ड ट्रम्पबीच भेटवार्ता, चीन–अमेरिका सम्बन्धलाई नयाँ दिशा दिने विषयमा छलफल



अ+ अ-

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पबीच बुधबार महत्वपूर्ण भेटवार्ता भएको छ।

मे १४ तारिख बिहान पैचिङस्थित जन बृहत् सभा भवनमा भएको उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध, विश्व राजनीति तथा व्यापारिक सहकार्यका विषयमा विस्तृत छलफल भएको हो।

भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान विश्व परिस्थिति तीव्र परिवर्तन र अस्थिरताबाट गुज्रिरहेको उल्लेख गर्दै चीन र अमेरिकाले ठूला राष्ट्रहरूबीच सम्बन्धको नयाँ नमुना निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले विश्वले अहिले नयाँ मोडमा प्रवेश गरेको भन्दै दुई देशले सहकार्य गर्दै वैश्विक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको सिजिटिएनले जनाएको छ।

सी चिनफिङले चीन र अमेरिकाबीचको साझा हित मतभेदभन्दा ठूलो रहेको उल्लेख गर्दै दुवै देशको सफलता एक अर्काका लागि अवसर भएको धारणा राख्नुभयो। उहाँले स्थिर चीन–अमेरिका सम्बन्ध विश्वकै लागि लाभदायक हुने बताउँदै २०२६ वर्षलाई दुई देशको सम्बन्धमा ऐतिहासिक र प्रतीकात्मक वर्ष बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले व्यापार युद्धबाट कसैले पनि जित हासिल गर्न नसक्ने स्पष्ट पार्दै चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध आपसी हित र साझा विजयमा आधारित रहेको बताउनुभयो। साथै, हालै दुवै देशका आर्थिक तथा व्यापारिक टोलीबीच भएका छलफलबाट सकारात्मक उपलब्धि हासिल भएको र त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी राष्ट्रपति ट्रम्पले उक्त वार्ता विश्वकै ध्यानाकर्षणको विषय बनेको उल्लेख गर्दै चीन र अमेरिकाबीच भविष्यमा अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गर्नुभएको  सिजिटिएनले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै