५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भेला बुटवलमा हुने



अ+ अ-

काठमाडाैँ । राज्य पक्षबाट भइरहेको डोजर आतंक, जबर्जस्ती विस्थापन र उचित व्यवस्थापन बिनाको उठीबासका विरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आगामी जेठमा राष्ट्रिय भेला गर्ने भएका छन् ।

नेपालभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको हकहित र अधिकारका लागि आवाज उठाउने उद्देश्यले जेठ ३ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । दशकौंदेखि श्रम र संघर्ष गर्दै अभावका बीच जीवन बिताइरहेका गरिब तथा उत्पीडित समुदायमाथि भइरहेको अन्यायको विरुद्ध र समस्याको दीर्घकालीन समाधानका लागि यो भेला आयोजना गरिएको आयोजकले जनाएका छन् । भेलामार्फत भूमिहीन सुकुम्बासीहरूको आवास, जग्गाको स्वामित्व र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बन्न आग्रह गरिने बताइएको छ । देशभर फैलिएको विस्थापनको त्रास र अन्यायका विरुद्ध एकीकृत आवाज निर्माण गर्नु नै भेलाको मुख्य उद्देश्य रहेको छ ।

राष्ट्रिय भेलालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आयोजकले विभिन्न उपसमितिहरू गठन गरी कार्य विभाजन समेत गरेको छ । जसअनुसार खगेन्द्र पौडेललाई राष्ट्रिय भेला समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । मञ्च तथा हल व्यवस्थापनको जिम्मेवारी राजु शाहीले पाएका छन् भने स्वयंसेवक तथा ¥याली व्यवस्थापनका लागि राजेश थापा, सकिल मिया, सुनिल कनोजे, शिव मल्ल र दुर्गा गुरुङलाई तोकिएको छ ।

त्यसैगरी, सूचना तथा प्रचार–प्रसार संयोजकमा राजकुमार भट्टराई र पूर्णबहादुर वि.क. रहेका छन् । खानेपानी व्यवस्थापनको जिम्मा रिसभ पोखरेललाई दिइएको छ भने टोल संस्था तथा पालिका समन्वयको संयोजकमा ममराज श्रेष्ठ चयन भएका छन् । आर्थिक व्यवस्थापनका लागि ममराज श्रेष्ठ, रोहित साह, विवेक गुवाजु, जीतमान वि.क. र मनिष गुरुङ सम्मिलित समिति गठन गरिएको छ ।

यो अभियानलाई प्रभावकारी र जनमुखी बनाउन सञ्चारकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दल र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आयोजकले सबै सरोकारवाला पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।