३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सनको ११ बुँदे प्रस्ताव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले रिट दर्ता नगरेको भन्दै नेपाल बारको ध्यानाकर्षण, न्याय प्रवाहमा प्रश्न उठेको टिप्पणी



अ+ अ-

काठमाडाैँ । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ ।

“कानुनअनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदनसहितको फाइल पेस गरेकामा सम्मानित सर्वोच्च अदालत प्रशासनले दर्ता वा दरपिठ दुवै नगरी मौनता साधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

बारले जस्तोसुकै अवस्थामा पनि अदालत सदैव खुला र निष्पक्ष रहनुपर्नेमा निवेदन दर्तामै आलटाल गरिएमा अन्यत्रको अवस्था कस्तो होला भनी प्रश्न खडा भएको जनाएको छ । “संविधान प्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपिठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एसोसिएसन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै