५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अनुपस्थितिको विरोधमा हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्मा असहज स्थिति सिर्जना भएको छ। सोही घटनाक्रमपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक बहिष्कार गरेका छन्।

बैठकमा प्रधानमन्त्रीको सट्टा प्रस्ताव प्रस्तुत गर्ने जिम्मा स्वर्णिम वाग्लेले लिने तयारी गरिएको थियो। तर प्रधानमन्त्री अनुपस्थित रहेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै हर्क साम्पाङले संसद्भित्रै उठेर राजीनामाको माग गरेका थिए।

सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्ने समय उपलब्ध गराउने प्रयास गरे पनि परिस्थिति सहज हुन नसकेपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन्। घटनापछि संसद् बैठक केहीबेर तनावपूर्ण बनेको थियो।

नीति तथा कार्यक्रममाथिको छलफल प्रक्रिया भने अन्य सांसदहरूको सहभागितासहित अघि बढाइएको बताइएको छ।