७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।

मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ । स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका काराण पीडित भएको जनाइएको छ ।

तेज हावासहित भएको भारी वर्षा सुरु भए पछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र शरण लिएको जनाइएको छ । तीव्र हावाको काराण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटा हुनु पुगेको जनाइएको छ ।

उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भई सकेको छ ।