३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको अपमानलाई सहन सक्दैनौँ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छः सुरेश आलेमगर



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेश आलेमगरले संसदमा राष्ट्रपतिमाथी प्रधानमन्त्रीले गरेको अपमानलाई सहन नसकिने बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रधानमन्त्रीको अनुपस्थिति राष्ट्रपति माथीको अपमान भएको बताउनुभएको हो ।

यहाँले यसविषयमा प्रधानमन्त्री बालेन्द्र साहले संसदमा जानकारी गराउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री उपस्थित नहुनु सामान्य घटना मात्रै नभएको उहाँको भनाई छ । उहाँले स्वास्थ्यकै कारण हो भने राष्ट्रपतिले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने कुन खालको स्वास्थ्य हो भन्दै प्रश्न गर्नुभयो ।

सांसद आलेमगरले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर घटनाको वास्तविक कारण स्पष्ट पार्नुपर्ने माग समेत गर्नुभयो ।नेकपा एमालेले राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले पनि संसदमा उपस्थित भएर प्रधानमन्त्रीले उक्त घटनाको बारेमा जानकारी दिनुपर्ने बताउनु भयो । संसदमा अर्मादीय र असंवैधानिक व्यवहार कसैले गर्न नहुनेतर्फ उहाँले ध्यानकर्षण गराउनु भयो । प्रधानमन्त्रीको क्रियाकलापले लज्जाबोध भएको उहाँको भनाई छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै