३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको शीतलता र शान्तिलाई अर्थतन्त्रको आधार बनाउन सांसद लिमा अधिकारीको प्रस्ताव



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालले विश्वलाई आकर्षित गर्ने नयाँ आर्थिक मोडेल निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ। उहाँले सगरमाथाको शीतलता र देशको शान्तिलाई नै अर्थतन्त्रको बलियो आधारका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गर्नुभएकाे छ ।

बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले नेपाल लामो समयदेखि रेमिट्यान्समा निर्भर रहँदै आएको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्केर नयाँ सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रविधिको युगमा विश्वभरका दक्ष जनशक्तिलाई नेपालमा आकर्षित गर्न सकिने सम्भावनालाई उपयोग गर्न सरकारलाई आग्रह गर्नुभयो।

उहाँका अनुसार नेपालको भौगोलिक विविधता, सांस्कृतिक समृद्धि, हिमालदेखि तराईसम्मको जीवनशैली र परम्पराले विश्वका प्राविधिक तथा सिर्जनशील व्यक्तिहरूलाई आकर्षित गर्न सक्ने क्षमता राख्छ। यसलाई आधार बनाएर नेपाललाई “वर्क फ्रम नेपाल” को गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।

सांसद अधिकारीले डिजिटल प्रविधिको विस्तारसँगै विश्वका विज्ञहरूलाई नेपालमा बसेर काम गर्न सक्ने वातावरण बनाउन उपयुक्त भिसा नीति आवश्यक रहेको सुझाव पनि दिनुभयो। उहाँले यस्तो नीतिले नेपालमा ज्ञान, प्रविधि र लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, नेपालले आफ्नो शान्त वातावरण र प्राकृतिक सौन्दर्यलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सके दिगो विकास सम्भव हुने उहाँको तर्क थियो।