३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंकको साधारण सभा पुस ३० मा, लाभांश पारित गर्ने मुख्य एजेन्डा



अ+ अ-

काठमाडौंः निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने घोषणा गरेको नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

बैंकले ३३.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.४० प्रतिशत नगद लाभांश दिने यसअघि घोषणा गरिसकेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार ३७ औँ वार्षिक साधारण सभा डाकेको हो।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि साधारण सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पछिल्लो पटक पुस ९ गते शेयर बजारमा नबिल बैंकको शेयर प्रति कित्ता रु १,४८५ को हाराहारीमा कारोबार भएको थियो ।