३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको भूमिकाप्रति एमाले संसदीय दलका नेता थापाको शंका



????? ???? ????????, ?? ????? : ?????? ????? ?????????????? ???????? ?????????????? ????? ????? ????? ??????? ??????? ?????????? ????? ??????? ???? ??? ????? ????????? ???? ? ?????? : ????????? ????/????
अ+ अ-

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमीकालाई लिएर आजको बैठकमा पनि प्रश्न उठाउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो भन्ने प्रश्न समेत उठाउनु भएको छ । उहाँले लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुँदा त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ भन्दै प्रश्न उठाउनु भएको छ ।

थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक आधार र राजनीतिक चरित्रमाथि पनि गम्भीर प्रश्न उठाउनुभएको छ ।

थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रुपमा उत्पन्न भएको अति महत्वकाँक्षी अराजक जमातहरुको अस्थायी गठजोड हो । यो दार्शनिक रुपमा सारसंग्रवाद र राजनीतिक रुपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो । यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो । यो रुपमा अत्यन्त प्रिय देखिन्छ । तर सार परिणाममा अत्यन्तै घातक हुन्छ । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो ।’

उहाँले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनु भयो ।

तस्बिर : प्रदीपराज वन्त/रासस