२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपीएलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने



अ+ अ-

काठमाडौं । एक्सन स्पोर्ट्स एचडीले कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जयराज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिने आयोजक कोसी प्राइड प्रालिले जानकारी दियो ।

यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो । अब भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।

एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।