३१ श्रावण २०८३, आईतवार
,
Latest
पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन गृहमन्त्रीमाथिको आरोप छानबिन गर्न सरकार किन हिचकिचाएको ?: भीष्मराज आङ्देम्बे



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको सुशासनको नारामाथि प्रश्न उठाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले अरूलाई भ्रष्टाचारको आरोपमा लक्षित गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरूको छानबिन नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले सरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको तर्क गर्नुभयो । उहाँले तत्कालीन गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकार किन हिचकिचाएको भनी जवाफ समेत माग गर्नुभएको छ ।

नेता आङ्देम्बेले सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णयको भने स्वागत गर्नुभएको छ । तर विगतमा गठन गरिएका आयोगका प्रतिवेदनहरू कार्यान्वयनमा नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी वि.सं. २०४७ देखि २०५९ सम्मको सम्पत्ति छानबिन गर्न गठित ‘लम्साल आयोग’को प्रतिवेदन हालसम्म कार्यान्वयन नहुनुको कारणबारे उहाँले प्रश्न उठाउनु भयो ।

उहाँले पुराना प्रतिवेदनहरू कार्यान्वयन नगरेसम्म नयाँ आयोगहरूको प्रभावकारितामाथि प्रश्न उठिरहने उल्लेख गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।




भर्खरै