६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।

महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो । “बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ ।

सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ । रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ”, उहाँले भन्नुभयो । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिनुभयो । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ । महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।

वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।