१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत अधिकृत गुप्ताविरुद्ध ६ महिनामै तीनवटा मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत मदनप्रसाद गुप्ताविरुद्ध ६ महिनामै तीनवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले मालपोत कार्यालय पर्सामा मालपोत अधिकृत (नायव सुब्बा) रहेका गुप्ताले सरकारी कोषमा दाखिला हुनुपर्ने राजस्वबापतको हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगले गुप्तासँग ७७ लाख ८६ हजार आठ सय रुपैयाँ बिगोदाबी गरेको छ । आयोगको तीनवटा मुद्दामा गुप्ताले आठ करोडभन्दा बढी भ्रष्टाचार गरेको भेटिएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा मालपोत कार्यालय पर्सामा रजिस्ट्रेसन फाँट ‘ख’ मा कार्यरत रहँदा गुप्ताले लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, लिखित रजिस्ट्रेसनमा भएको थैली रकम घटाई राजस्व रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान थालेको थियो । उनले उठेको मालपोत राजस्व सरकारी कोषमा दाखिला नगरी हिनामिना गरेको अख्तियारको दाबी छ । उनले आफूले गरेको भ्रष्टाचार लुकाउन सरकारी अभिलेख, कागजात र प्रमाणसमेत नष्ट गरेका थिए ।

सरकारी राजस्व आफ्नै खातामा: अख्तियारले यसअघि पनि गुप्ताविरुद्ध राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिसकेको छ । बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा उनले लेखापाल युगलकिशोर ठाकुरसमेतको सहयोगमा चार करोड ५८ लाख ७१ हजार रुपैयाँ राजस्व हिनामिना गरेका थिए । उनले आर्थिक वर्ष ०७५/७६ को साउनदेखि १२ फागुनसम्मको राजस्वबापतको सम्पूर्ण रकम हिनामिना गरेका थिए ।

हिनामिना गरेको रकम उनले आफू लेखापाल ठाकुरको निजी बचत खातामा जम्मा गर्ने गरेका थिए । सरकारी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले गुप्ता, ठाकुर र अर्का नायब सुब्बा शत्रुधन राउतसमेतविरुद्ध ३ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नक्कली रसिद काटेर दुई करोड ९१ लाख हिनामिना:गुप्ताको भ्रष्टाचारको शृंखला यतिमा मात्र सीमित छैन । यसअघि बाराको कलैयास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा उनले झन्डै दुई करोड ५१ लाख रुपैयाँ हिनामिना गरेका थिए । मालपोतको रजिस्ट्रेसन फाँट नं। ३ मा कार्यरत रहँदा उनले राजस्व संकलन गर्ने प्रयोजनका लागि नक्कली रसिदसमेत प्रयोग गरेको अख्तियारको अनुसन्धानबाट भेटिएको थियो । अख्तियारले विभिन्न स्थानबाट उनले प्रयोग गर्ने गरेको नक्कली रसिद फेला पारेको थियो ।

२० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा गुप्ताले सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार र नक्कली रसिद प्रयोग गरी एक करोड ३५ लाख ७० हजारगरी कुल चार करोड ७३ लाख ६९ हजार रुपैयाँ संकलन गरेको देखिएको थियो । संकलित राजस्व रकममध्ये दुई करोड ५० लाख ८६ हजार रुपैयाँ हिनामिना गरेका थिए । नयाँ पत्रिका दैनिकबाट