३१ श्रावण २०८३, आईतवार
,
Latest
पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयको भौतिक पूर्वाधारको वस्तुगत मूल्याङ्कन र विश्वविद्यालयमा खुला प्रतिष्पर्धा गरिनेः शिक्षामन्त्री



अ+ अ-

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित र वैज्ञानिक बनाउन विद्यालयहरूको भौतिक पूर्वाधारको वस्तुगत मूल्याङ्कन (इन्फ्रास्ट्रक्चर एसेस्मेन्ट) गरिने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा आयोजित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पोखरेलले देशभरका विद्यालयको वास्तविक अवस्था पहिचान गरी सोही अनुसारको गुरुयोजना निर्माण गरिने जानकारी दिनुभएको हो । मन्त्री पोखरेलकाअनुसार आगामी आर्थिक वर्षमा स्थानीय तहसँगको सहकार्यमा देशभरका सम्पूर्ण विद्यालयहरूको भौतिक पूर्वाधार र जनशक्तिको अवस्थाबारे विस्तृत अध्ययन गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत विद्यालयको कक्षाकोठा, विद्यार्थी संख्या, खुल्ला क्षेत्र, शौचालय, प्रयोगशाला र प्रतिविद्यार्थी उपलब्ध क्षेत्रफल लगायतका विषयमा तथ्याङ्क संकलन गरिनेछ ।

डेस्क–बेन्च, ह्वाइट बोर्ड तथा स्मार्ट बोर्डको अवस्था र शिक्षक–विद्यार्थी अनुपातको समेत सूक्ष्म विश्लेषण गरिने उहाँले उल्लेख गर्नुभयो । विश्वविद्यालयहरूको सुधारका सन्दर्भमा बोल्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन र व्यवसायिकता प्रवद्र्धन गर्न पदाधिकारी नियुक्तिमा खुला प्रतिष्पर्धाको अवधारणा अघि सारिएको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयको नेतृत्वमा योग्य र प्राज्ञिक व्यक्तित्वहरूलाई आकर्षित गर्न उपकुलपति लगायतका पदहरूमा खुला आवेदन आह्वान गरिएको जानकारी दिनुभयो ।

विश्वविद्यालयहरूमा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक वातावरण सुनिश्चित गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताउँदै उहाँले योग्य व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना कार्यान्वयन भइरहेको बताउनु भयो ।




भर्खरै