११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री बनेको ३० दिनमै ३ सय वटा निर्णय गरेँः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्री पद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गरेको करिव ३० दिनमै आफूले ३ सय वटा जति निर्णय गरिसकेको जानकारी दिनुभयो । व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरूका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले छोटो समय भएपनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताउनु भयो । अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको उल्लेख गर्नुभयो ।

अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै उपस्थित हुने गरेको उहाँको भनाइ थियो । उहाँले अहिले आफू अधिकांश समय मन्त्रालयमै रहेर काम गरिरहेको उल्लेख गर्दै सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भएको बताउनु भयो ।