३१ श्रावण २०८३, आईतवार
,
Latest
पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा राजनीतिक दलहरुसँग छलफल, निर्वाचन कानून परिमार्जन मुख्य एजेण्डा



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल शुरु गरेको छ ।

निर्वाचनसम्बन्धि कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग मंगलबार छलफल शुरु गरेको हो । सातवटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो ।

तर संसद विघटनपछि गृहले पुनः आयोगमा नै फर्काएको थियो । आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख १५ गते दलहरूलाई पत्राचार गरेको थियो । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय गरिएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीका प्रतिनिधिहरु सहभागी हुनुभएको छ ।  यता आयोगको तर्फबाट कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरुसहितको उपस्थिति रहेको छ ।




भर्खरै