३१ श्रावण २०८३, आईतवार
,
Latest
पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्लुङमा विपन्न बालबालिकालाई कपडा वितरण



अ+ अ-

काठमाडाैँ । बाग्लुङकाे निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो ।

गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक, ट्रयाकसुटलगायत सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्सका अध्यक्ष भाइराजा पाण्डेले जानकारी दिनुभयो । दूरदराजका बालबालिकाको पढाइलाई सहजता बनाउन कपडा वितरण गरिएको उहाँको भनाइ छ ।

पाण्डेले भन्नुभयो, “हामीले विकटमा रहेका विपन्न बालबालिकाका लागि विगतदेखि सहयोग गर्दै आएका छौँ, यसपटक निसीखोला गाउँपालिकाका बालबालिकालाई कपडालगायतका सामान वितरण गरेका हौँ, आगामी दिनमा पनि अरु क्षेत्रमा वितरण गर्ने हाम्रो योजना छ ।”

निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले सो संस्थाको यो सहयोगले यस क्षेत्रका बालबालिकालाई पढाइप्रति रुचि बढाउने बताउनुभयो । आर्थिक अभावमा निसीखोला क्षेत्रमा धेरै बालबालिकाले विद्यालय पोसाक किनेर लगाउन नसक्ने अवस्था रहेकाले संस्थाको सहयोगले ठूलो राहत मिलेको सापकोटाले बताउनुभयो ।




भर्खरै