३१ श्रावण २०८३, आईतवार
,
Latest
पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञहरूले दुर्घटनाको वास्तविक कारण बुझ्न सकेनन्ः सांसद राई



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले मुलुकमा भइरहेका सवारी दुर्घटनाका मुख्य कारणहरूलाई विज्ञहरूले नजरअन्दाज गरेको बताएका छन् ।

मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले विज्ञहरूको कार्यक्षमता र सडक सुरक्षाका सवालमा प्रश्न उठाएका हुन् । बैठकमा आफ्नो धारणा राख्दै सांसद राईले सवारी दुर्घटना हुनुमा सडकको अवस्था मात्र नभई चालकले गर्ने मोबाइलको प्रयोग र गाडीभित्र बजाइने चर्को संगीत मुख्य जिम्मेवार रहेको दाबी गरे ।

सांसद राईले सडक निर्माण र गुणस्तरका सन्दर्भमा बेलायत सरकारले वि.सं. २०३५ सालमा निर्माण गरेको धरान–धनकुटा सडकको उदाहरण दिँदै हालका योजनाहरूको टिकाउपनमाथि प्रश्न उठाए । उनले चीनमा रातारात ठूला निर्माण कार्य सम्पन्न हुने गरेको प्रसङ्ग उल्लेख गर्दै नेपालको कार्यशैलीमा सुधारको आवश्यकता औँल्याए ।

सांसद राईले आगामी कानुनमा सवारी चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने र पिकनिक वा अन्य यात्रामा जाँदा गाडीभित्र हुने चर्को नाचगानलाई प्रतिवन्ध लगाउने व्यवस्था गर्न सुझाव दिए ।

उनले भने, “अहिले सवारी दुर्घटनाका दुईवटा प्रमुख कारण छन् । एउटा मोबाइल फोन र अर्को गाडीभित्र डिजे जस्तै गरी बजाइने गीत–संगीत । यसले चालकको ध्यान अन्यत्र मोड्छ, तर विज्ञ भनिएकाहरूले यसतर्फ ध्यान दिएको पाइँदैन । ब्रिटिस सरकारले बनाएको बाटो अहिलेसम्म भत्किएको छैन, तर लेउती खोला क्षेत्रमा वर्षेनी पहिरो जाने र सडक अवरुद्ध हुने समस्या छ । पटक–पटक एउटै मन्त्रालयमा रहेका सचिव र प्राविधिकहरूले यसको स्थायी समाधान किन खोज्न सक्नुभएन ?”

कोशी राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरू कुनैपनि बहानामा अवरुद्ध हुन नहुनेमा जोड दिँदै उनले सडक अवरुद्ध भएमा तत्काल खोल्ने वातावरण मिलाउन सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन समिति सभापतिलाई आग्रह गरे । देश निर्माणका लागि कुरा मात्र नभई दिमाग र पौरख चलाउनुपर्ने उनको भनाइ छ ।




भर्खरै